काठमाडौँ । काठमाडौँको टोखामा १ व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बिहीबार बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानजमा खुल्न आएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट सलिनाको घटनास्थलमै मृत्यु भएको र हाल शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७