काठमाडाैं । बिहीबार देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
अाज दिउँसाे प्रदेश १, २, ५ र वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । राति पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका १-२ ठाउँमा ठूलाे पानी पर्ने सम्भावना छ ।
अहिले देशका अधिकांश भूभागमा बदली रहेको महाशाखाले जनाएकाे छ । अहिले प्रदेश १,२,५,सुदुरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेकाे छ ।
पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ ।
आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई बहने साना नदीमा बहाव बढ्ने र जलसतह सामान्य अवस्थाबाट सतर्कता तह आसपास हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले नदी तटीय क्षेत्रमा उच्त सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७