काठमाडौं । काेराेना महामारीले अन्य उद्याेग व्यवसाय चाैपट भएका बेला नेपालमा सुनकाे मूल्य भने लाखकाे यात्रामा निरन्तर अघि बढिरहेकाे छ ।
साेमबार पनि सुनको मूल्यमा प्रतितोला ४ सय रूपैयाँले बढेर प्रतितोला ९१ हजार रूपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रूपैयाँ कायम भएको सुनचादँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलमा ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
लकडाउनपछि कारोबार खुलेको सुनको मूल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७