गतवर्षकाे अन्त्यमा चीनकाे वुहान सहरबाट सुरु भएकाे काेराेना भाइरसकाे महामारीले उग्र रूप लिँदै गएकाे छ ।
विश्व स्वास्थ्य संगठनले २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेको जनाएको छ । संगठनले बितेका २४ घण्टामा १ लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ । यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाका छन् ।
विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दै गएको सन्दर्भमा यो तथ्यांक सार्वजनिक भएको हो ।
यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए । सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए ।
हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ ।
अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा छन् । हालसम्म ११ लाख बढी संक्रमित फेला परेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० नाघिसकेको छ ।
यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख भन्दा बढी भइसकेको छ।
यसैगरी कोरोनाका कारण विश्वभर ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७