काठमाडौँ । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएकाे जानकारी अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।
गत शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य आइतबार पनि बढंकाे हाे ।
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर ९० हजार १ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँ थियो ।
यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर ९ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९ सय ३० रुपैयाँ थियो ।
काेराेना भाइरसकाे महामारीले जोखिम बढेर अन्य उद्याेग व्यवसाय चौपट हुँदै गएपछि लगानीकर्ताले सुनमा लगानी बढाउन थालेपछि मूल्य उच्च बिन्दुमा पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असार ७, २०७७