डडेलधुरा । कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ ।
शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ ।
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए। उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन् । हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ ।’
सरकारी कार्यालय खुल्ला नै रहने छन् भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए ।
डडेल्धुरामा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संक्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ६, २०७७