माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा जाेडिने सडकखण्डकाे नेपाल विद्युत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भएको छ । १५ दिनअगाडि सडक निर्माणका लागि सडककाे दायाँ भागमा माटाे थुपारेपछि उक्त सडकमा केही दिनदेखिकाे अविरल वर्षाका कारण स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ ।
ठेकेदार कम्पनी रायमाझी /भीमेश्वर जेभी भक्तपुरकाे लापरबाहीका कारण प्राधिकरण अगाडि सडकमा स्थानीयलाई आवतजावतमा निकै समस्या भएकाे स्थानीय बताउँछन् ।
ठेकेदारकाे लापरबाहीका कारणले बाटाेमा हिँड्न नसकिने अवस्था आएकाे र बाइपास बाटाेसमेत नभएका कारण राेपाइँ गर्न ठिक पारेजस्ताे सडकमा हिँड्नुपर्ने बाध्यता रहेकाे स्थानीय उमाशंकर चाैधरीले बताए ।
साे सडकमा रहेको हिलाेका कारण साइकल, माेटरसाइकल चालक तथा पैदलयात्री कतिपटक लडिसकेका छन् । जेभीले पूर्वाधार विकास कार्यालय माेरङ, भाैतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश कार्यालयमार्फत कुल ४१ करोड १९ लाख १२ हजार ८ सय ९५ रुपैयाँमा उक्त सडक निर्माणकाे लागि ठेक्का पाएकाे हाे ।
गतवर्ष असाेज २७ गते सम्झाैता भएकाे याे सडक २०७८ असाेज ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७