चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो जाँदा यातायात सञ्चालन हुन सकेका छैनन् ।
अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएका छन् ।
वर्षातको समयमा हरेक वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ। काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७