काठमाडौं । लद्दाखस्थित भारत र चीनको सीमा क्षेत्रमा २ देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ३ सैनिकको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा १ अधिकृत र २ जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ । पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राति दुवै पक्षका सैनिकबीच झडप भएको हाे ।
सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
१९६२ मा भारत र चीनबीच युद्ध भएको थियो । साे युद्धपछि ७० को दशकमा बोर्डरमा तनावका खबरहरु सार्वजनिक हुन्थे । तर कुनै मानविय क्षति भने भएको थिएन ।
तर सोमबार भने करिब ५० वर्षपछि बोर्डरमा भारत र चीनका सेनाबीच हिंस्रक झडप भएको हो । पछिल्ला केही दिनयता भारत र चीनबीच सीमामा विवाद जारी छ ।
केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७