कोरोना भाइरसकाे संक्रमणका कारण विश्वभर ४ लाख ३९ हजार २ सयभन्दा बढीकाे मृत्यु भएकाे छ ।
काेराेनाका कारण हालसम्म विश्वभर ८१ लाख १८ हजार ९ सयभन्दा बढी संक्रमित भएकाे विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।
मंगलबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१ हजार ६ सय ४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५४ हजार ५ सय ६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९ सय ५० जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २ सय ८३ जनाकाे मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १४ं लाख ६३ हजार १ सय ६० जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ६१ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २५ लाख १२ हजार ३ सय ४१ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ १ लाख ४६ हजार २ सय १९ जनाको मृत्यु भएको छ ।
युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८३ हजार २ सय १५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ४१ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ५४ हजार २ सय १४ जनामा कोरोना भाइरस संक्रमण छ भने ६ हजार ७ सय ९३ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ६० जनामा कोरोना भाइरस संक्रमण छ भने १ सय २४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७