काठमाडौं । खोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिकाका अध्यक्ष डिङम दोर्जी शेर्पाको मृत्यु भएको छ ।
क्यान्सर रोगबाट पीडित बनेका अध्यक्ष शेर्पाको मंगलबार बिहान मृत्यु भएको हाे । आफ्नै घर लुक्लामा मृत्यु भएको वडाअध्यक्ष आङफूर्वा शेर्पाले जानकारी दिए ।
उनी १० महिनादेखि पेटको आमाशयमा रहने सानो आन्द्रामा क्यान्सर रोगबाट थलिएका थिए।
सोलुको युवा नेताको रुपमा चिनिने ३९ वर्षीय शेर्पा खुम्बू क्षेत्र र शेर्पा समुदायको लोकप्रिय नेताको रुपमा चिनिन्थे । उनी नेकपा सोलुखुम्बूको जिल्ला कमिटी सदस्य समेतथिए ।
प्रकाशित मिति: मंगलबार, असार २, २०७७