काठमाडौँ । प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँबराबरकाे बजेट विनियोजन गरेको छ ।
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले चालू आर्थिक वर्षकाे बजेटभन्दा ५ अर्ब कमको बजेट सार्वजनिक गरेका हुन् ।चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।
बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार (४५.९५) प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख (५३.६७) प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।
अगामी आर्थिक वर्षको बजेटमा बजेट खर्च आन्तरिक स्रोत राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार छुट्याइएको छ ।
प्रदेश सरकारको खर्च नभएर नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ बजेटमा समेटिएको छ ।
बजेटकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, असार १, २०७७