धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले सोमवार प्रदेशसभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन् । बजेटको यो आकार चालु आर्थिक वर्ष २०७६/०७७ भन्दा बढी हो।
सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो।
अगामी आर्थिक वर्षको कुल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार अर्थात ४२.५ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार छ ।
यसैगरी अन्तर सरकारी वित्तिय व्यवस्थापनतर्फ २ अर्ब १३ करोड ५० लाख अर्थात् ६.४ प्रतिशत तथा वितिय व्यवस्थापनतर्फ ३० करोड अर्थात ०.९ प्रतिशत छ ।
बजेटकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, असार १, २०७७