विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सोमबार प्रदेश सभा भवन विराटनगरमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ अर्ब बजेट कम आएको छ। अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको थियो।
बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत चालूतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत छ ।
वित्तिय व्यवस्थापनतर्फ भने ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ ।
हेर्नुहाेस् बजेटकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, असार १, २०७७