काठमाडौँ । गृह मन्त्रालयले लकडाउन घोषणापछि जारी गरिएका सबै किसिमका अस्थायी सवारी पास खारेज गरेको छ ।
जिल्लाभित्र आवागमन गर्न जारी गरिएका २ पांग्रे र ४ पांग्रे निजी सवारी साधनका पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोर बिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।
सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७