बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट प्रदेश सभामा पेश गर्दै चालूतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । उनका अनुसार वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ ।
यस्तै बजेटको स्रोतमा आन्तरिक राजस्वबाट २ अर्ब ३ करोड ७७ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २७ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड ७१ लाद, सशर्त अनुदानबाट ५ अर्ब ८१ करोड ३६ लाख, समपूरक अनुदानबाट ४८ करोड ३३ लाख, विशेष अनुदानबाट २१ करोड र चालु खर्चको बचत ७ अर्ब ९४ करोड ५० लाख छ ।
हेर्नुहाेस् बजेटकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, असार १, २०७७