पोखरा । क्वारेन्टाइननमा राख्न लैजाँदै गर्दा पर्वतमा भीरबाट हामफालेका १ जनाको मृत्यु भएको छ ।
भारतबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् ।
गाडी पर्वत, म्याग्दी र बाग्लुङजाँदै गर्दा कुश्मा ८ चुवामा माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भएपछि गाडी राेकिएकाे बेलामा ती व्यक्ति गाडीबाट ओर्लेर नजिकै रहेको भीरमा गएर हामफालेका थिए ।
उक्त घटनालगत्तै प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल बाग्लुङ पुर्याएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरेकाे थियाे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपछि उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ । उनको शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७