सुर्खेत । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको जानकारी दिए ।
त्यस्तै बजेटले सबै किसिमका भत्ता खारेज गरेको छ । त्यस्तै मन्त्री ज्वालाले नयाँ संरचना स्थापना नगर्ने, एम्बुलेन्स वाहेकका सवारी साधन खरिद नगर्ने लगायत मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता खारेज गरेको जानकारी दिए ।
यो बजेट गत वर्षभन्दा करिब ५० करोड कम हो । बजेटमा आगामी आर्थिक वर्ष करिब ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ ।
हेर्नुहाेस् बजेटकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, असार १, २०७७