पाेखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तनहुँ र नवलपरासीमा गरी थप ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ५ पुगेको छ।
तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालका निर्देशक डा. विनोद विन्दु शर्माले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तनहुँका संक्रमितलाई स्थानीय जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
त्यसैगरी पूर्वी नवलपरासीको बौदिकाली गाँउपालिकाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् ।


प्रकाशित मिति: सोमबार, असार १, २०७७