काठमाडौं । आजदेखि मोटरसाइलकमा पनि जोर बिजोर प्रणाली लागू भएको छ । लामो समयदेखि जारी लकडाउनलाई खुकुलाे बनाएसँगै निजी सवारी साधनलाई जोर बिजोर प्रणाली अपनाएर सञ्चालन अनुमति दिइएको छ ।
सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागू नहुने हो कि भन्ने अन्याेल भए पनि साेमबारबाट ट्राफिक प्रहरीले जाेरबिजाेर प्रणाली लागू गरेकाे छ ।
अब जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलसहितका निजी सवारीसाधन चलाउन पाइने छ । यसैगरी माेटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने छ ।
तर सरकारकाे याे निर्णयकाे जनस्तरबाट भने तीव्र विराेध हुँदै आएकाे छ । यात्रुकाे सहजताका लागि २ जना हिँड्न दिने बताएकाे ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले यसमा अलमल भएको भन्दै मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न मिल्ने बताए ।
उनले भने, ‘अलमल भयो, अहिलेसम्म मोटरसाइकललाई पनि जोर बिजोरमा चलाउने र १ जना मात्रै चढ्ने व्यवस्था नै कार्यान्वयन गरेका छौँ ।’
प्रकाशित मिति: सोमबार, असार १, २०७७