भाेजपुर । भोजपुरको उत्तरमा रहेकाे षडानन्द नगरपालिका वडा नम्बर ३ मा चट्याङ लागेर बालिकाकाे मृत्यु भएको छ ।
जिल्लाको टेम्के मैयुङ गाँउपालिका १ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।
मामली घर आएकी बालिकाको आइतवार दिउँसो ४ बजेतिर खेतमा रोपाइँ भइरहेको समयमा भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७