काठमाडौँ । नेपालमा कोराेना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । गत २४ घण्टामा ४ सय २५ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।
नयाँ थपिएका संक्रमितहरूमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला छन् ।
डा. गाैतमका अनुसार मोरङका २५ जना, सुनसरीका १ जना, झापाका १ जना, सप्तरीका १० जना, पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७८ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका २ जना, कैलालीका १२ जना, कञ्चनपुरका २२ जनामा संक्रमण देखिएकाे हाे ।
यसैगरी बर्दियाका ३ जना, बाँकेका ३ जना, रुकुमपश्चिमका एक जना, दाङका ५४ जना, प्युठानका २ जना, धनुषाका एक जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २५ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९, सिन्धुलीका एक जना, धादिङका २५ जना पनि संक्रमित भएका छन् ।
यसैगरी देशभरका विभिन्न अस्पतालमा उपचारपछि ९ सय ७४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७