बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।
मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ । मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निर्वाह गरेका थिए । भारतीय टेलिशृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए ।
राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७