कैलाली । कैलालीको सीमाक्षेत्रका थप ५ स्थानमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएकाे छ ।
बंगराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलंका टापु बिओपी स्थापना गरिएकाे हाे । जिल्लामा अब बिओपीको संख्या ९ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ ।
१ सय १ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ।
जिल्लाका ५ स्थानमा बिओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सिनाले जानकारी दिए।
बिओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ।
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७