काठमाडाैं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार पर्वतमा ४ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्वतको कुश्मा नगरपालिका ६ वर्षका बालक र वर्ष १७ की महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही जिल्लाको जलजला गाउँपालिकाका १७ वर्षका १ जना पुरुष र महाशिला गाउँपालिकाका १६ वर्षका पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ ।
यसैगरी नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७