वीरगन्ज । गन्ज महानगरपालिकामा मृत भेटिएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार वीरगन्जको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक, २ महिला र १ पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको हाे ।
तर नाम, ठेगाना नखुलेका ती व्यक्तिको मृत्यु कोरोना भाइरसकै कारण भएको हो वा अन्य कारणले त्यो खुल्न नसकेको सिंहले बताए ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका कुम्हाल टोल निवासी १९ र ३४ वर्षीय २ जना पुरुष तथा सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३ जनामा संक्रमण देखिएको हो ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७