काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंकहरु पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।
क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो ।
राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको हाे । बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहने छन् ।
सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७