काठमाडौँ । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ शुक्रबार मृत फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिए ।
घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिए ।
आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । अघिल्लो महिना स्वयम्भूमा १ प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७