काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धुपाल्चोक जिल्लामा कार्यरत सबै स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गरिएको छ ।
कोरोना भाइरसको महामारी बढ्दै गएका बेला स्वास्थ्यकर्मीलाई आफ्नो जिम्मेवारीमा प्रोत्साहन गर्न बिमा गरिएको नेता बस्नेतले आजको न्युजलाई जानकारी दिए ।
जिल्लाको अस्पतालदेखि उपस्वास्थ्य चौकी र स्वास्थ्य कार्यालय समेतमा कार्यरत कार्यालय सहयोगी ेखि चिकित्सकसम्मको कोरोना बिमा गरिएको हो । पिसिआर टेस्टबाट कोरोना पोजेटिभ देखिनेबित्तिकै बिमा बापतको १ लाख रुपैया उपलब्ध गराइने बस्नेतले जनाएका छन् ।
यो योजना अन्तर्गत जिल्लामा कार्यरत ६ सय १३ जनाको कोरोना बिमा गरिएको छ । नेता बस्नेतले पहल गरेको यो अभियानमा विभिन्न क्षेत्रका १७ जनाले आर्थिक सहयोग पु¥याएका छन् ।
बस्नेतको गृहजिल्ला रहेको सिन्धुपाल्चोकमा यसअघि पनि उनकै पहलमा कोरोना महामारी रोकथामका लागि स्वास्थ्यकर्मी र अघिल्लो पंक्तिमा खटिने सुरक्षाकर्मी र पत्रकार समेतलाई पिपिई लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
त्यसयता प्रभावितहरुलाई राहत वितरण लगायतका सेवामा बस्नेत निरन्तर क्रियाशील छन् । बस्नेत स्वयंले कोरोनाबाट जिल्लामा मृत्यु भएकी महिलाको परिवारलाई सहयोग गर्नुका साथै नाबालक शिशुको उच्च शिक्षासम्म पठनपाठन र जागिर समेत ग्यारेन्टी गरिएको घोषणा गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७