कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ ।
साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७ सय १४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएकाे छ ।
नेपाली समय अनुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८ हजार ५ सय ३७ जना निको भएका छन् ।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १ सय ६३ व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५३ हजार ८ सय ८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४ सय १ जनामा कोरोना भाइरसका संक्रमित छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १ सय ३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८ सय ८५ जना कोरोना भाइरस संक्रमति छन् । यहाँ ५४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार २ सय ५२ जना कोरोना भाइरस संक्रमति छन् भने १ लाख ४० हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ३९ हजार ७ सय ३८ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ८० हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १ सय ८४ जनामा कोरोना भाइरस संक्रमण छ भने ३७ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण छ भने ५ हजार ७ सय १८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८ सय ९६ जनामा संक्रमण र १ सय २४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७