काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगेका पूर्वआइजिपी रमेश चन्द ठकुरी बिहीबार रिहा भएका छन् । उनी १ वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजारस्थित कारागारबाट छुटेका हुन् ।
नेपाल प्रहरीको संयुक्त राष्ट्र संघीय मिसनमा सुडानको डार्फरमा नेपाल प्रहरीका लागि बन्दोबस्ती सामान एपिसी खरिदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको सहितको इजलासले उनलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।
सुडान घोटालामा पूर्वआइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक श्यामसिंह थापा र दीपकसिंह थाङ्देनसमेत भ्रष्टाचारी ठहर भएका थिए ।
सर्वोच्चले राणालाई २ वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआइजीलाई १-१ वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
ठकुरीको पालामा उक्त सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले उनिमाथी भ्रष्टाचारको मुद्दा लगाएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७