रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार २ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा वडा नम्बर ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।
उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका २ र थप खुल्न आएका १ गरी ३ जनालाई पक्राउ गरिएको छ ।
फरार २ जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । अब सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७