विराटनगर । माेरङकाे रंगेली-कानेपाेखरी सडक खण्ड निर्माण कार्य सम्झौता अवधिभन्दा १ वर्ष काममा ढिलाइ भएको छ ।
लामा डाँफे द कञ्चनचजंघा कन्ट्रसनले कानेपाेखरीदेखि दर्वेशा चाेकसम्म कालाेपत्रेकाे काम सम्पन गरे पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
कन्स्ट्रकसनले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियो । उक्त काम २०७६ असार ५ गतेसम्म कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भए पनि २०७७ जेठ २८ गते भइसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।
काममा ढिलाइ हुँदा समेत सम्बन्धित निकाय बेखबर बनेको छ । कानेपाेखरीदेखि नेपाल भारतकाे सिमानामा रहेको चाेप्राहासम्म २५.४ किलोमिटर लम्बाई निर्माण योजनामा रहेको छ ।
विभिन्न कारणले गर्दा काममा १ वर्ष काममा ढिलाइ भएको लामा डाँफे द कञ्चनजंघा कन्स्ट्रक्सनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाका अनुसार पुनः आफूहरुले कामकाे समय थप गरी काम सुरु गरेको र असार मसान्तसम्म सम्पूर्ण काम गरिसकिने समेत बताए ।
उक्त सडकमा नेपाल सरकारले कुल खर्च ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा सडक निर्माणका लागि ठेक्का लागेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७