काठमाडाैं । कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लान लागेको टिपर कर्णाली नदीमा खसेको छ ।
करिब ४० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेकाे बताइएकाे छ । भारतबाट आएकाहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै गर्दा दुर्घटना भएको हाे ।
प्रहरीका अनुसार नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो ।
दुर्घटनामा परेका ६ जनालाई नदीबाट निकालिएको छ । उद्धार गरिएकामध्ये २ जनाकाे मृत्यु भएकाे खबर प्राप्त भएकाे छ ।
बाँकीकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७