जनकपुर । धनुषाको सबैलामा गएराति गोली प्रहार गरी १ युवकको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या गरिएको हाे ।
उनको शव आज बिहान घरभन्दा करिब २ सय मिटर पर भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । डिएसपी कार्कीका अनुसार हारुनको छातीमा १ गोली लागेको छ ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी हत्या गरेको जस्तो देखिएको बताए । हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन ।
शवको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७