डडेल्धुरा । डडेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी मादक पदार्थ बिक्री वितरण गर्ने ३ जनालाई नियन्त्रणमा लिएको छ ।
डडेल्धुराका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट २ जनालाई पक्राउ गरेको हो ।
अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट २ जनालाई मदिरा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नं १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५का दानबहादुर बोहरा र जनकसिंह विष्ट पक्राउ परेका हुन् ।
उनीहरु तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइ सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत ७-७ दिन कैद सजाय तोकिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७