काठमाडौं । लकडाउनकाे स्वरूप परिवर्तनबारे छलफल गर्न आज साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बुधबार बस्ने गरी स्थगित गरिएको छ ।
बुधबारका दिउँसाे २ बजेका लागि बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाका अनुसार प्रधानमन्त्रीको व्यस्तता र मन्त्रीहरू पनि संसद्मा व्यस्त रहेकाले आजको बैठक स्थगित भएको हाे ।
प्रतिनिधिसभाको बैठकमा नेपालको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेस भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयकमाथि रातिसम्म छलफल जारी छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७