काठमाडौं । नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमका अनुसार यससँगै काेराेना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
मंगलबार २ सय ९२ पुरुष र ३१ जना महिलामा कोरोना पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितमा इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना छन् ।
यसैगरी कपिलवस्तुका १० जना, म्याग्दीमा १ जना, बाग्लुङका ११ जना, धनुषाका २१ जना, महोत्तरीका ५० जना, सर्लाहीका १७ जना, दाङका ६ जना, बाँकेका ९ जना, सल्यानका १२ जनामा पनि काेराेना पुष्टि भएकाे छ ।
यसैगरी सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कञ्चनपुरका १९ जना, डडेल्धुराका १९ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, धनुषाका २४ जना, नवलपरासीका १२ जना, नुवाकोटका २ जना, सिराहाका १२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यसैगरी मंगलबार काेराेनामुक्त भएर ९६ जना डिस्चार्ज भएका छन् । यससँगै निकाे हुनेकाे संख्या ५ सय ८४ पुगेकाे छ ।
यसैगरी काेराेना संक्रमणका कारण नेपालमा १५ जनाकाे मृत्यु भइसकेकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७