काठमाडौं । सरकारले घाेषणा गर्नुअघि नै लकडाउन खुकुलो बन्दै गएपछि लकडाउनकाे मोडालिटी तय गर्न मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ६ बजे कोरोना भाइरसको संक्रमण दर अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।
लकडानको स्वरूप परिवर्तन गर्न आइतबार प्रधानमन्त्रीसहितको उच्चस्तरीय समन्वय समितिको पनि बैठक बसेको थियो । बैठकमा कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले तयार पारेको लकडाउनको पछिल्लो प्रारूपमाथि लामो छलफल भएको थियो ।
सीसीएमसीले लकडाउन खोल्ने ५ चरणको योजना अघि सारेको छ ।
लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् । उनीहरुले जर्बजस्ती पसल खोल्दै आएका छन् भने प्रहरीले लकडाउन उल्लंघन गरेकाे भन्दै पसल बन्द गराउँदै आएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७