महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न सहरबाट आएर १४–१५ दिनदेखि सम्सी–७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इन्चार्ज सुनिलकुमार यादवले बताए ।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।
उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरी चौकीमा दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए । रासस
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७