जनकपुर । होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले प्रदेशमा रहेका सबै होटललाई क्वारेन्टाइन बनाउन दिने भएको छ ।
शनिबार बसेको महासंघकाे भर्चुअल बैठकले विश्वव्यापी रुपमा फैलिँदै गएको कोभिड १९ को संक्रमण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारले मागे सुरक्षा मापडण्ड अपनायी सशुल्क प्रदेशमा रहेका सबै होटलहरुलाई क्वारेन्टाइन बनाउने निर्णय भएको महासचिव मोहन शर्मा लामिछानेले बताए ।
महासचिव लामिछानेले बैठकमा कोरोना भाइरस संक्रमण नियत्रणका लागि सरकाले गरेको लकडाउनका कारण करिब ३ महिनादेखि बन्द रहेका होटल व्यवसायीहरू सबै भन्दा बढी मारको चपेटामा परेकोले सरकारले होटल तथा पर्यटन व्यवसायीलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण मिलाई बैंक तथा वित्तिय संस्थाहरुको किस्ता, व्याज, कर, घरभाडा छुट तथा विभिन्न शुल्कहरु व्यवस्थापन गर्न सम्वन्धित सरोकारवाला संघसंस्थालाई ध्यानाकर्षण गर्ने निर्णय भएको बताए ।
हाल प्रदेश २ का ८ जिल्लामा सुविधा सम्पन्न होटल, रिसोर्ट, लज, गेस्टहाउस तथा पार्टी प्यालेस लकडाउनका कारण बन्द अवस्थामा छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७