सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका ३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका ३ जनामा कोरोना देखिएको हो ।
यससँगै कर्णालीमा काेराेना संक्रमितको संख्या ६ सय ४१ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७