काठमाडौं । गत अढाई महिनाभन्दा अघिदेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ।
आइतबार छापावाल सुनकाे मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तय भएको छ भने तेजावी सुनको मूल्य ८६ हजार ९ सय ६० रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूलय तोतामा करिब १० हजार रुपैयाँले बढेको छ ।
यसैगरी नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ तोकेको छ । लकडाउनपछि चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७