काठमाडाैं । चलचित्र विकास वोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् ।
तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको पदमा दाहाललाई सरकारले २ वर्षका लागि नियुक्त गरेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयमा बोर्ड अध्यक्षका लागि १० जनाले आवेदन दिएका थिए । तीमध्ये दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम मन्त्रिपरिषदमा पुगेको थियो ।
दाहालले थुप्रै लोकप्रिय फिल्मको निर्देशन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७