काठमाडौं । रुकुम पश्चिममा घटेको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उक्त घटनाको विषयमा अध्ययन र अनुगमन गरी सभामा प्रतिवेदन पेस गर्न विशेष समिति गठन गर्ने जानकारी गराएका हुन् ।
त्यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठकमा विशेष समिति गठनको माग गर्दै उभिएर विरोध गरेको थियो ।
गत जेठ १० गते रूकुम पश्चिम चौरजहारी नगरपालिका-८ मा प्रेमिका भगाउन गएका नवराज विकसहित ६ युवाहरूको सामूहिक ‘हत्या’ भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७