काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता, डडेल्धुरा जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्ण मल्ल सदनदेखि स्थानीय जनस्तरसम्म जनताकाे सेवामा सक्रिय देखिएका छन् ।
सांसद मल्लले बिहीबार प्रदेससभाकाे बैठकमा बाेल्दै जनताकाे स्वास्थ्यप्रति सरकार जिम्मेवार बन्नुपर्ने र यसअघि नै डडेल्धुराको विपद व्यवस्थापन समितिकाे जेठ ११ गतेको निर्णयअनुसार डडेल्धुराको अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा सञ्चालन गर्न प्रदेश सरकारले यथाशीघ्र बजेटको आवश्यक व्यवस्थापन गर्न विशेष माग गरे ।
काेराेना माहामारीकाे विषम परिस्थितिमा जनताकाे स्वास्थ्यप्रति संवेदनशील बन्दै जनतालाई स्वास्थ्य उपचार सुविधाका लागि काेराेना अस्पताल सञ्चालन गर्न बजेट माग गर्दै प्रदेशसभामा आवाज उठाइरहेका सांसद मल्लले आफ्नै अगुवाइमा काेराेना महामारीका कारण सीमाबाट उद्धार गरिएका र जिल्लाका क्वारेन्टाइनभित्र रहेका जनतालाई खाना खुवाउन एनडी प्रकाश चटाैत आपतकालीन भोजन चुलो सञ्चालनकाे सुरुआत गरेका छन् ।
मल्लकै सक्रियतामा आपतकालीन भाेजन चुलाे सञ्चालन गरी समस्यामा परेका जनताकाे सेवाका लागि डडेल्धुरा नेपाली कांग्रेसका क्रियाशील ब्यक्तिहरु सहितकाे छुट्टै सेवा दल समेत गठन गरिएकाे छ ।
सुदूरपश्चिमकाे डडेल्धुरामा जन्मिएका राजनीतिज्ञ, समाजवादी चिन्तक स्वर्गीय एनडी प्रकाश चटाैतकाे सम्मानमा सञ्चालित भोजन चुलोमार्फत सिमानाबाट उद्धार गरिएका र विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य भइरहे्काे छ । भोजन चुलोले दैनिक १ सय जनालाई खाना खुवाउँदै आएको छ ।
सांसद मल्लले भारतबाट आएर क्वारेन्टाइनहरुमा रहेका करिब ५ हजार १ सय जनाकाे तत्काल पिसिआर परीक्षण गर्न र अभाव भएका परीक्षण किट, भिटिएम, आरडिटी, पिपिई र एन ९५ मास्क यथाशीघ्र उपलब्ध गराउन प्रदेश सरकार समक्ष माग गरेका छन् ।
यसअघि सांसद मल्लले डडेल्धुराका विभिन्न स्थानीय तहमा स्वास्थ सामग्री र राहतसमेत उपलब्ध गराउँदै आएका छन् । साथै भारतबाट गाैरीफन्टा नाका हुँदै आएका सुदूरपश्चिम लगायत विभिन्न ठाउँका नेपाली नागरिकलाई नाकामै पुगेर राहतस्वरुप पानी, चाउचाउ लागायत खाजा समेत वितरण गर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७