काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
बुधबार राति मृत्यु भएका सुर्खेतका १ युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो । भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।
मृतक मुटु र दमको बिरामी भएको खुलेको छ। उनले नियमित औषधि सेवन गर्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७