लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे स्वास्थ्य, अर्थ, सामाजिक लगायतका क्षेत्रका विज्ञलाई बालुवाटार बोलाएका हुन् ।
कोभिड १९ रोकथाम,नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पछिल्लो पटक जेठ ३२ गतेसम्मका लागि सरकारले लकडाउन थपेको छ ।