काठमाडौं । जुम्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
जुम्लामा भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदायस्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७