काठमाडौं । काठमाडौंको कमलादीस्थित होटलबाट पक्राउ परेका ९ भिआइपी जुवाडेलाई ५ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद दिएको हाे । सोमबार पक्राउ परेका उनीहरुलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार उपस्थित गराएको थियाे ।
लकडाउनको बेला जुवा खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले व्यापारीहरु अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायतलाई पक्राउ गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार ७ सय २० रुपैयाँसमेत बरामद गरेकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७